सुनको भाउ घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । बिहीबार(आज) नेपाली बजारमा सुनको भाउ घटेको छ । बुधबारको तुलनामा आज सुनको मूल्य ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ  छ ।

बुधबार सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ आज बढेको छ । चाँदी प्रतितोला ६० रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला ३२२० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ३२८० रुपैयाँ तोकिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री