काठमाडाै । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रेशम चौधरीको सपथ अाज ३ बजे हुने भएको छ।
विहीबार बिहान साढे ११ बजे नै सपथ गराउने तयारी भएपनि प्रक्रियागत ढिलाइका कारण उनको सपथ अपराह्न गर्न लागिएको वताइएकाे छ ।
डिल्लीबजार कारागारमा रहेका चौधरीलाई प्रहरीले सिंहदरबारस्थित सभामुख कृष्णबहादुर महराको कार्यालयमा ल्याउने तथा सपथ गराएर कारागार लैजाने तयारी रहेकाे समाचार छ । 
चौधरीले सपथ लिने समाचार आएपछि उनकी पत्नी रञ्जिता श्रेष्ठ फूलमाला लिएर डिल्लीबजार कारागार गएकी थिइन्। सपथका लागि रेशम चौधरीलाई प्रहरीले सिंहदरबार लैजाने छ भने सपथपछि फेरि कारागार नै फिर्ता लानेछ ।
संविधान जारी नहुँदै २०७२ भदौ ७ गते टीकापुरमा भएको हिंसामा परी ७ सुरक्षाकर्मीसहित ८ जनाको ज्यान गएको थियो। उक्त घटनामा संलग्न रहेकाे भन्दै चौधरीविरूद्धमा उजुरी परेको थियो। उनी फरार अवस्थामै चुनाव लडेका थिए । चौधरी अहिले डिल्लीबजार कारागारमा छन्।
पुस १० गते भएको राजपा नेताहरूसँगको वार्ताका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माग पूरा गर्न ७ दिनको समय माग गरेका थिए।




