रेशम चौधरीले लिए सपथ

काठमाडौं ।  रेशम चौधरीले सिंहदरबार पुगेर सांसद पदको सपथ लिएका छन् । सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनियताको सपथ गराएका छन् । डिल्लीबजार कारागारबाट प्रहरीले उनलाई सिंहदरबार ल्याएको थियो । कृषि समितिको हलमा  केहि समय अगाडि सपथ ग्रहण कार्यक्रममा राजपाका नेताहरु लगायत सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ समेत उपस्थित रहेका थिए ।

फरार रहेकै अवस्थामा चुनाव लडेका उनी कैलाली १ बाट निर्वाचित भएका थिए । पछिल्लो पटक राजपाले समर्थन फिर्ता लिने चेतावनी दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीकै पहलमा सभामुखले सांसद चौधरीलाई सपथ खुवाएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री