सिटिजन्स बैंकको प्रदेश नं ४ काे प्रादेशिक कार्यालय पोखरामा

काठमाडौं । सिटिजन्स बैंकले प्रदेश नं ४ को प्रादेशिक कार्यालय पोखराको सिमल चौरमा स्थापना गरेको छ । साे कार्यालयको आरम्भ समारोहमा प्रदेश नं ४ का सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो । देशैभरी फैलिएका आफ्ना ८०  शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकर्लाइ अाधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

ग्राहकहरुलाइ विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएमकार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।‍‍‍ प्रदेश नं ४ मा रहेका ११ जिल्ला मध्यै ४ वटा जिल्लामा बैंकको पहुँच रहेको छ भने यस प्रदेशमा बैंकले करिव १७ हजार ग्राहक वर्गलाई बैंकिंग सेवा प्रदान गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री