काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले आइतबार प्रसाईंलाई हिरासतबाट मुक्त गर्न आदेश दिएसँगै उनी आज रिहा भएका हुन् ।
प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले प्रसाईंलाई तत्काल प्रभावबाट हिरासत मुक्त गर्न निर्देशन दिएको थियो ।
तपाईंको प्रतिकृया



