दुवै निर्वाचनमा भाग लिने नेपाली कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशनसम्बन्धी कुनै निर्णय बिना सकिएको छ । शनिबार सानेपामा बसेको बैठकले महाधिवेशनबारे छलफल गरे पनि निष्कर्ष निकाल्न सकेन ।

बैठकले २१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ। नेपाली कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गरेको हो । आज सानेपामा बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भाग लिने निर्णय गरेको हो ।

बैठकका निर्णयहरू महामन्त्री गगनकुमार थापाले पढेर सुनाए । कांग्रेसले प्रतिनिधिसभा विघटन असंवैधानिक भनेको छ। तर यो विषय सर्वोच्च अदालतले नै टुङ्गो लगाउने भन्दै कांग्रेस केन्द्रीय समितिले आम निर्वाचनमा भाग लिने निर्णय गरेको हो।

‘एकै चोटि सबै विषयमा निर्णय गरौँ नै भन्ने प्रयास थियो । सबै विषयमा निर्णय हुन नसके पनि केही हाम्रा राष्ट्रिय राजनीतिका बारेमा निर्णय गरेका छौँ,’ उनले भने, ‘हामी थप केही दिन भित्रमा छलफल गरेर समझदारीबाट नभए विधिबाट हाम्रा बीचमा बाँकी रहेका विषयहरूलाई टुङ्ग्याउनुपर्ने छ ।’

महामन्त्री थापाले अर्को बैठकमा बाँकी रहेका विषयहरू टुङ्ग्याइने बताएका हुन् । केही दिन बैठक स्थगित गरेर महाधिवेशनबारे सर्वसम्मत निर्णय लिने पक्षमा कांग्रेसका नेताहरू छन् । असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक बीचमा स्थगित गरेर सहमति खोज्ने प्रयास गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री