प्रधानमन्त्री कार्कीसँग निर्वाचन गराउने मनसाय नै छैन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार र प्रधानमन्त्री सुशीला कार्कीको भूमिकाप्रति कडा आलोचना गरेका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबिच अध्यक्ष ओलीले प्रधानमन्त्री कार्कीसँग मुलुकलाई निकास दिने सामर्थ्य र निर्वाचन गराउने असल नियत दुवै नभएको जिकिर गरे ।

मुलुकमा निर्वाचन योग्य वातावरण नबनेको दाबी गर्दै अध्यक्ष ओलीले वर्तमान परिस्थितिले प्रतिनिधिसभा पुनः स्थापनाको मागलाई बलियो बनाएको तर्क अघि सारे। उनले सरकारले साना-मसिना १२५ दललाई बोलाएर वार्ताको ‘नाटक’ रचेको र यसका माध्यमबाट एमाले तथा काँग्रेसजस्ता प्रमुख राजनीतिक शक्तिहरूको मानमर्दन गरेको भन्दै तीव्र असन्तुष्टि पोखे।

कार्यक्रममा बोल्दै ओलीले भने, “म सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीजीलाई स्पष्ट भन्न चाहन्छु– यदि साच्चै निर्वाचन गराउने हैसियत राख्नुहुन्छ भने खुरुखुरु काम गर्नुस्। तर, त्यसका लागि हतियार फिर्ता ल्याउनुस्, अपराधीहरूलाई नियन्त्रणमा लिएर शान्तिपूर्ण वातावरण बनाउनुस्।”

उनले सरकारको नियतमाथि शङ्का व्यक्त गर्दै अगाडि थपे, ‘तपाईँको गतिविधिमा निर्वाचन गराउने मनसाय देखिँदैन । १२५ दलको नाममा भिड जम्मा गरेर वार्ता गरेको भन्दै तमासा देखाउनु एमाले र काँग्रेसजस्ता जिम्मेवार दलप्रतिको अपमान हो ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री