शुक्रबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको १ हजार ३ सय रुपैयाँले बढेर २ लाख ४१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बिहीबार पनि सुन तोलाको २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन बिहीबार तोलाको ३ हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार (आज) घटेर ३ हजार १०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ७ हजार २२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ६५८ रुपैयाँमा कारोबार भईरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री