एनआईसी एसिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन

काठमाडौं । एनआईसी एसिया बैंकको प्रमुख सूचना अधिकारीमा सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र प्रमुख गुनासो अधिकारीमा प्रमुख सञ्चालन अधिकृत÷कम्पनी सचिव कमल खड्का नियुक्त भएका छन्।

बुधबारदेखि लागू हुने गरी नियुक्त भएका प्रमुख सूचना अधिकारी रावललाई मोबाइल नम्बर ९८५१२३१३३२ वा ०१–५९७०१०१ मा सम्पर्क गरी बैंकको आधिकारिक जानकारी तथा सूचनाको प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

साथै, यस बैंकको बैंकिङ्ग सेवा सम्बन्धि कुनै पनि गुनासो भएमा प्रमुख गुनासो अधिकारी खड्काको मोबाइल नम्बर ९८०१९७७९३६ वा कार्यालयको फोन नम्बर ०१–५९७०१०१ मा सम्पर्क गर्न वा [email protected] इमेल गरी गुनासोको सम्बोधन गर्ने व्यवस्था मिलाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री