काठमाडौँ । ग्रीनेदी इनर्जी लिमिटेडले स्थानीयवासी तथा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सोमबार सो नियुक्ति सम्बन्धी सम्झौता भएको हो ।
सम्झौतामा ग्रीनेदी इनर्जी लिमिटेडका तर्फबाट अध्यक्ष युरेश मान कायस्थ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक आशिष् गौचनले हस्ताक्षर गरेका छन् । कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशत साधारण शेयरहरू आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणहरूमा निष्कासन गर्ने लागेको जानकारी दिएको छ ।
कम्पनीले कास्की जिल्लामा अवस्थित ईदी खोलामा इदी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विसं २०८२/०१/०८ देखि व्यापारिक उत्पादन गरिरहेको आयोजना जानकारी दिएको छ ।
साथै उक्त आयोजनामा बैकिङ्ग, जलविद्युत, बिमा, पुँजी बजार क्षेत्रमा विशिष्टता हासिल गरेका व्यक्तिहरूको समूहको संग्लता भएको र आयोजनाको हाईड्रोलोजी क्यु ६५ को संरचनामा निमार्ण भएको हो ।
ग्रीनेदी इनर्जी लिमिटेडले आगामी दिनहरूमा अन्य जलविद्युत आयोजनाको साथसाथै सौर्य तथा हरित ऊर्जाको क्षेत्रमा लगानी गर्ने योजना रहेको जानकारी कम्पनीका अध्यक्ष युरेश मान कायस्थले जानकारी दिए ।




