भारतमा बेचिन लागेका २४ महिलाको उद्धार

झापा । झापाको काँकडभिट्टास्थित माइती नेपालले एक वर्षको अवधिमा भारतका विभिन्न ठाउँबाट २४ महिलाको उद्धार गरेको छ। उक्त संस्थाको आवधिक गृहले एक वर्षमा भारतमा बेचिन लागेको अवस्थामा ती महिलाको उद्धार गरेको हो।

सोही अवधिमा संस्थाले बेचबिखनको जोखिममा परेका २ सय ५९ जनालाई सीमा नाका काँकडभिट्टाबाट रोकिएको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताए। त्यस्तै ९१ जनालाई सीमा नाकाबाट सोधपुछ गरी नेपाल फर्काएको माइती नेपालले जनाएको छ।

यस अवधिमा बस, रिक्सा, टेम्पोलगायत सवारीसाधनका १६ हजार १ सय १३ चालकलाई मानव बेचबिखनसम्बन्धी सचेतनासमेत प्रदान गरिएको घिमिरेले बताए।उनका अनुसार वैदेशिक रोजगार तथा अध्ययनका लागि भारत जान लागेका १ हजार ८६९ किशोरीलाई सुरक्षित बसाइँसराइबारे जानकारी गराइएको छ।

साथै महिला हराएका १ सय ७९ निवेदन परेकामा ५८ जना फेला पारिएको संस्थाले जनाएको छ। प्रहरी प्रशासनसँगको समन्वयमा मानव बेचबिखन तीन तथा जबर्जस्ती करणीका पाँच मुद्दा दर्ता गरिएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री