काठमाडौँ । एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलहरूमा हानिने प्रत्येक चौका वापत ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामाग्री प्रदान घोषणा गरेको छ ।
एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक चौका वापत विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामाग्री प्रदान घोषणा गरेको हो ।
गत वर्ष एनपीएलसँगको साझेदारी अन्तर्गत २,६१२ विद्यार्थीहरु लावान्वित भएकाले यस वर्ष पनि एनसेल फाउन्डेसनले यो साझेदारीलाई निरन्तरता दिएको हो ।
गत वर्ष एनपीएलका खेलहरूमा कुल ६५३ चौका हानिएका थिए । क्रिकेटको रोमाञ्चकता शिक्षासँग जोडिएको यो कार्यक्रमका २,६१२ सहित एनसेलले देशभरका ९,००० भन्दा बढी विद्याथीहरुलाई शैक्षिक सामग्री वितरण गरिसकेको छ ।
क्रिकेटदेखि कक्षाकोठासम्मको यस नवीन पहलले विद्यार्थीहरुको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवद्र्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पु¥याउने विश्वास लिएको छ ।
विद्यार्थीहरुले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा आवश्यक शैक्षिक सामग्रीहरु जस्तै स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश हुन्छन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूको पठनपाठनमा योगदान गर्नेछ ।
“क्रिकेटले हामी सबैलाई जोडेको छ, एनपीएलसँगको यस सहकार्यमार्फत सामुदायिक विद्यालयका विद्यार्थीहरूको उज्यालो भविष्यको लागि यो पहललाई अझै अगाडी बढाउन पाएकोमा हामी धेरै खुसी छौ,” एनसेलकी कर्पोरेट कम्युनिकेशन तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् । “खेलमा प्रहार हुने प्रत्येक चौका विद्यार्थीहरुले भविष्यमा प्राप्त गर्ने अवसर, सिकाइ र हुर्काइसँग जोडिनेछन् ।”
एनसेलका अनुसार फाउन्डेसनले प्रदान गर्ने शैक्षिक सामग्री नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकाय र कार्यन्वयन साझेदारलगायतको सहकार्यमा प्रदान गरिनेछ ।
यो पहलले क्रिकेट मैदानको उत्साह र खेलाडीका उत्कृष्ट प्रदर्शनमार्फत विद्यालयका कक्षाकोठासम्म पुगी पठनपाठनमा सुधार ल्याउन योगदान पुर्याउने विश्वास लिईएकोछ ।




