एनपीएलको स्मार्टफोन पार्टनरमा भिभो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण ‘फेस्टिभल अफ द हिमालयज’ भोलि मंसिर १ गतेदेखि औपचारिक रूपमा सुरु हुँदैछ। यसपटक पनि विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभो प्रतियोगिताको आधिकारिक स्मार्टफोन पार्टनर बनेर पुनः एनपीएलसँग जोडिएको छ।

भिभोले क्यानसँगको रणनीतिक सहकार्यका बारेमा जानकारी आफ्ना आधिकारिक फेसबुक तथा इन्स्टाग्राम प्लेटफर्ममार्फत सार्वजनिक गरेको हो। यस घोषणाले प्रतियोगिता सुरु हुनुअघि नै क्रिकेट समर्थकहरूबीच उत्साह, ऊर्जाको नयाँ लहर र अपेक्षा सिर्जना गरेको छ।

गत वर्षको सफलतापछि एनपीएलको दोस्रो संस्करण अझ प्रतिस्पर्धात्मक र रोचक हुने अपेक्षा गरिएको छ। यसपटक राष्ट्रिय खेलाडीसँगै अन्तर्राष्ट्रिय स्टार क्रिकेटरहरूको पनि सहभागिता रहनेछ, जसले २७ दिनसम्म नेपाली क्रिकेटका प्रशंसकहरूलाई निरन्तर रोमाञ्च प्रदान गर्नेछ।

भिभो नेपालले यस सहकार्यलाई नेपालमा क्रिकेटको विस्तार र प्रवर्द्धनप्रति आफ्नो निरन्तर प्रतिवद्धता का रूपमा लिएको छ। अत्याधुनिक प्रविधि, नवप्रवर्तन र फ्यान–केन्द्रित गतिविधिहरूको माध्यमबाट यस वर्ष समर्थकहरूको अनुभवलाई अझ जीवन्त बनाउन भिभो सक्रिय रहने जनाएको छ।

एनपीएलका आयोजकका अनुसार यस वर्षका खेलहरू काठमाडौं, पोखरा र भैरहवामा आयोजना हुनेछन्। प्रतियोगितामा सहभागी टिमहरू पूर्ण रूपमा तयार रहेको र टिकट तथा प्रसारण व्यवस्थासमेत अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ।

नेपाली क्रिकेटमा नयाँ आयाम थप्ने अपेक्षासहित सुरु हुन लागेको यो महोत्सव अर्थतन्त्र, क्रीडा पर्यटन र युवा आकर्षणका दृष्टिले पनि प्रभावकारी बन्ने विश्वास व्यक्त गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री