शान्ता चौधरीको ‘शान्ताको अचार’ आउटलेट जलेर ध्वस्त, भन्छिन्- कुन अपराधीले आगो लाइदिएछ

काठमाडौं । पूर्वसांसद तथा नेकपा एमालेकी नेतृ शान्ता चौधरीको सुर्खेतस्थित ‘शान्ताको अचार’ आउटलेटमा रहस्यमय आगजनी भएको छ । वीरेन्द्रनगरमा शुक्रबारमात्रै सञ्चालनमा आएको आउटलेटमा गएराति आगलागी भएको हो ।

आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । नेतृ चौधरीले यस घटनालाई ‘दुर्भाग्यपूर्ण’ भन्दै तत्काल छानबिन गरी दोषी पत्ता लगाउन र कारबाही गर्न प्रहरी प्रशासनसँग कडा माग गरेकी छिन् ।

सामाजिक सञ्जालमार्फत चौधरीले भनेकी छिन्, ‘जिन्दगीको हरेक प्रयासमा आगो नै लाग्छ मला ई। सुर्खेतको शान्ताको अचार आउटलेटमा कुन अपराधीले आगो लाइदिएछ । नेपाल प्रहरीलाई तत्काल अपराधी पत्ता लगाई कारबाहीका लागि अनुरोध गर्दछु ।’

यो आउटलेट शुक्रबार मात्रै भव्य समारोहका बीच उद्घाटन गरिएको थियो । सञ्चालनमा आएको भोलिपल्ट नै आगजनीको शिकार हुनुले विभिन्न कोणबाट प्रश्नहरू उब्जाएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री