सुनको मूल्यमा भारी वृद्धि, तोलाको साढे २ लाख नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको ह्वात्तै मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ५ हजार ९ सय रुपैयाँले बढेको हो ।

मूल्य बढेसँगै आज छापावाल सुन प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो बुधबार सुन तोलाको २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको

मूल्य पनि बढेको छ । अघिल्लो दिन बुधबार तोलाको ३ हजार १७५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर ३ हजार ३४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार प्रति १० ग्राम सुनको मूल्य २ लाख १४ हजार ५०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ८६८ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री