सुनको मूल्यमा गिरावट, बुधबार कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २१ सय रुपैयाँले घटेर २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन मंगलबार सुन तोलाको २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिन मंगलबार तोलाको ३ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर ३ हजार १७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ९ हजार ४५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ७२२ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री