काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले विश्वकै सर्वोच्च शिखर सगरमाथा ३१ औं पटक सफल आरोहण गर्न सफल किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई विशेष सम्मान गरेको छ। बैंकसँग “निरन्तर सहयात्रा” गर्दै आएका शेर्पालाई बैंकले २०८२ कार्तिक २३ गते काठमाडौंमा आयोजित कार्यक्रममार्फत सम्मान गरेको हो।
सम्मान कार्यक्रमका क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले शेर्पालाई प्रमाणपत्र र सम्मानपत्र प्रदान गर्दै उनको अदम्य साहस र देशको नाम उज्यालो बनाएको योगदानप्रति धन्यवाद ज्ञापन गरे।
शेर्पाले आफ्नो ३१ औं सफल आरोहणका क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर सहित सगरमाथाको चुचुरोमा पुगेर बैंकप्रति आफ्नो आभार व्यक्त गरेको बताए।
तपाईंको प्रतिकृया




