काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जले प्रभु बैंकलाई स्वचालित अनलाईन कारोबारको राफसाफ बैंकको रुपमा तोकेको छ ।
नेपाल स्टक एक्स्चेञ्जले यही पौष १७ गतेदेखि सञ्चालनमा ल्याएको स्वचालित अनलाईन कारोबारको राफसाफको लागि प्रभु बैंकलाई नयाँ अनलाईन कारोबार प्रणालीमा समावेश गरी स्वचालित अनलाईन कारोबारको राफसाफ बैंकको रुपमा तोकेको हो ।
अब प्रभु बैंकमा खाता हुने लगानीकर्ताहरुले स्वचालित प्रणालीबाट अनलाईन शेयर कारोबार गरी शेयर खरिद विक्री बापतको रकम रकमान्तर तथा राफसाफ गर्दा शेयर दलाल तथा बैंक सम्म पुग्नु नपर्ने गरी बैंकले सुविधायक्त प्रभु अनलाईन टे«डिङ्ग बचत खाता सञ्चालनमा ल्याएको छ ।
प्रभु बैंकले पौष १८ गतेदेखि सञ्चालनमा ल्याएको प्रभु अनलाईन टे«डिङ्ग बचत खाताबाट लगानीकर्ताहरुले घरमै बसी बसी सजिलै स्वचालित अनलाईन शेयर कारोबार गर्न तथा शेयर खरिद विक्री बापतको रकम राफसाफ गर्न सक्नेछन् । अनलाईन टे«डिङ्ग बचत खाता खोली कारोबार गर्ने लगानीकर्तालाई प्रभु बैंकबाट निःशुल्क ई–बैंकिङ्ग सेवा उपलब्ध हुनेछ ।
प्रतिकृया दिनुहॊस