पार्टी एकताको निर्णय अनुमोदन गर्न माओवादीले बोलायो बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिको बैठक बस्दैछ । भोलि हुन लागेको नौ वाम दलबीचको एकता अनुमोदनका लागि माओवादीले बैठक बोलाएको हो ।

बैठक दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्ने तय भएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । नेकपा एकीकृत समाजवादीसहित नौवटा वाम दलबीच हुन लागेको एकताप्रति भने पार्टीभित्रै असन्तुष्टि छ । नेता जनार्दन शर्माले उक्त एकतामा सहभागी नहुने स्पष्ट पारिसकेका छन् ।

सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा नेता जनार्दन शर्माले प्रचण्डसँगको ४० वर्षे सहकार्य अन्त्य गर्ने निर्णय सुनाउँदै अब आफू आफ्नो ढंगले अघि बढ्ने बताएका छन्। यता, एकीकृत समाजवादीमा पनि झलनाथ खनाल, घनश्याम भुसाल सहितका नेताले एकताप्रति असहमती जनाएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री