काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिन आइतबारको जस्तै यथावत रहेको हो ।
यता, चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ३ हजार ६० रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ५ हजार ५०४ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ६२३ रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ ।
तपाईंको प्रतिकृया




