अविच्छिन्न सहकारी अभियान : अबको अभिभारा

नेपाली समाजको आर्थिक संरचनामा सहकारी क्षेत्र एउटा महत्त्वपूर्ण अवयवको रूपमा स्थापित भइसकेको छ । बचत तथा ऋण सहकारी संस्थाहरूले विशेष गरी तल्लो र मध्यम वर्गका नागरिकहरूको आर्थिक व्यवहारलाई संस्थागत बनाउन, साना साना बचतलाई स्थानीय अर्थव्यवस्थामा परिचालन गर्ने र वित्तीय समावेशीकरणलाई बलियो बनाउने काम गर्दै आएका कुरा घामजस्तै छर्लङ्ग छ । बचत तथा ऋण सहकारी अभियान केवल आर्थिक लेनदेन मात्र पनि होइन, यो त सामाजिक, नैतिक र नीतिगत उत्तरदायित्वको साझा बोध पनि हो । नेपालमा पछिल्ला वर्षहरूमा सहकारीहरूको तीव्र वृद्धिले एकातिर आर्थिक पहुँच विस्तार गरेको छ, त्यहीँ अर्कोतिर पारदर्शिता, सुशासन र जोखिम व्यवस्थापनका चुनौती पनि बढाएको छ । अभियानको साख जोगाउन आजको दिनमा बचत तथा ऋण सहकारी अभियान थप जिम्मेवार बन्नु पर्ने भएको छ । बचत तथा ऋण सहकारी अभियानले सदस्यहरूको बचतको सुरक्षा गरी अविच्छिन्न विश्वासको आधारमा आफूलाई रूपान्तरण गर्न आवश्यक छ ।

आईसीए, विश्व ऋण परिषद्, एसियाली ऋण महासङ्घ एवं नेपालको प्रचलित कानून बमोजिम पनि बचत तथा ऋण सहकारी अभियानको पहिचान सहकारी सिद्धान्तको अनुपालनमा देखिने भएकोले सहकारी सिद्धान्त, मूल्यमान्यता र असल अभ्यासका आधारमा सहकारी पहिचान पुनः पुष्टि गरेर अघि बढ्न आवश्यक छ । मुनाफाभन्दा सदस्य र समुदायको हितमा केन्द्रित हुन आवश्यक छ । सदस्यहरूलाई बलियो बनाउन आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा सहयोगी बन्न आवश्यक छ । सदस्य हित र समुन्नति बिना अभियानको दिगोपन हुन सक्दैन । सहकारी सिद्धान्तको परिपालना बचत तथा ऋण सहकारी अभियानको प्रथम जिम्मेवारी हो । आईसीएले स्वीकार गरेको सात सिद्धान्त, विश्व ऋण परिषद्ले स्वीकार गरेको सदस्य सुरक्षाका सिद्धान्त, सुशासनको सिद्धान्त, स्वास्थ्य तथा सुरक्षाको सिद्धान्त र सञ्चालनका सिद्धान्तहरूको अनुपालन हुन आवश्यक छ । सहकारी सिद्धान्त सदस्यहरूमा पनि सञ्चारको आवश्यकता छ । सहकारी सिद्धान्त परिपालनाका बारेमा चर्चा गरौँ, सञ्चार गरौँ र अभियानको सहकारी सिद्धान्तप्रतिको प्रतिबद्धतामा थप निष्ठाको आवश्यकतालाई पूरा गर्न योजना बनाएर हामीले काम गर्नु पर्ने भएको छ । सहकारीलाई सहकारी सिद्धान्त परिपालनाले मात्र बलियो बनाउन सक्ने विश्वास लिन सकिन्छ ।

बचत तथा ऋण सहकारी अभियान सहकारी ऐन परिपालनामा प्रतिबद्ध छ । सहकारी अभियानमा विगत वर्षहरूमा भएका सबै औपचारिक फोरमहरू, अनौपचारिक छलफल तथा संवादहरूमा अभियानले पहिलो प्राथमिकता सहकारी ऐन २०७४ कार्यान्वयन हुनु पर्ने भनेर स्पष्ट बोलेको छ । करको दर मात्र होइन, सहकारी ऐनका सबै व्यवस्था, मुख्य कारोबारदेखि बचत सुरक्षण कोषसम्म समयमा नै कार्यान्वयन हुनु पर्ने अभियानको माग हो । सहकारी ऐन कार्यान्वयनमा अभियान सहयोगी भूमिकामा रहन तयार छ । नियामक निकायहरूसँग सहकार्यका लागि पनि तयार छ । अभियानको स्रोत तथा साधनहरूको दोहोरो खर्च नहुने गरी सहकारी ऐन तथा प्रचलित अन्य ऐनहरूको कार्यान्वयन मार्फत बचत तथा ऋण सहकारी अभियानको सुदृढीकरण आजको आवश्यकता हो । संख्या, आकार वा पदीय हैसियतबाट माथि उठेर अभियानको सुरक्षाका लागि ऐन कार्यान्वयन तत्काल गर्नुको विकल्प छैन । सहकारी ऐन २०७४ को पूर्ण कार्यान्वयनबाट मात्र बचत तथा ऋण सहकारी ऐनको लागि आधार विकास हुनेमा बचत तथा ऋण सहकारी अभियान विश्वस्त छ । बचत तथा ऋण सहकारी अभियानको अबको चरणको विकासका लागि अलग्गै ऐन नै हो । यसका लागि अभियान र सरकार दुवै तयार हुन आवश्यक छ । ऐन कानूनका भाषा उत्कृष्ट हुने तर कार्यान्वयन शून्य हुने विषयले बचत तथा ऋण सहकारी अभियान कमजोर बन्छ । कानून मिचेर वा कार्यान्वयन नगरेर अभियानको स्तरवृद्धि हुँदैन । कानूनमा भएका विषय समयमा नै कार्यान्वयनमा आउनु जरुरी छ । कानून कार्यान्वयनमा राज्य जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्वपूर्ण अभियान पनि हो । राज्य निष्क्रिय बसी कार्यान्वयन नगर्दाको परिणाम सोचेभन्दा खराब भएका उदाहरणहरू छन् । बनाएको कानून कार्यान्वयन हुन आवश्यक छ । यसका लागि अभियान जिम्मेवार छ ।

नेपालमा पछिल्ला वर्षहरूमा सहकारीहरूको तीव्र वृद्धिले एकातिर आर्थिक पहुँच विस्तार गरेको छ, त्यहीँ अर्कोतिर पारदर्शिता, सुशासन र जोखिम व्यवस्थापनका चुनौती पनि बढाएको छ । अभियानको साख जोगाउन आजको दिनमा बचत तथा ऋण सहकारी अभियान थप जिम्मेवार बन्नु पर्ने भएको छ । बचत तथा ऋण सहकारी अभियानले सदस्यहरूको बचतको सुरक्षा गरी अविच्छिन्न विश्वासको आधारमा आफूलाई रूपान्तरण गर्न आवश्यक छ ।

एकका लागि सबै र सबैका लागि एकको अवधारणा नै सहकारीको आत्मा हो । यसमा बचत तथा ऋण सहकारीहरूको अविच्छिन्न निष्ठा रहेको छ । जुनसुकै संकटमा पनि अभियानको आवाज एउटै रहेको छ । व्यवहार एकै दिशामा केन्द्रित रहेको छ । यसलाई अझ बुलन्द बनाउनु आजको आवश्यकता हो । बचत तथा ऋण सहकारीहरूको पहिचानयुक्त आवाज आजको आवश्यकता हो । बचत तथा ऋण सहकारी अभियान व्यवस्थापनको फरक आवश्यकतालाई सम्बोधन हुने गरी अभियानको एकल आवाज बन्न आवश्यक छ । यसका लागि व्यवहारिक प्रतिबद्धताको आवश्यकता छ । बचत तथा ऋण सहकारी अभियानको औपचारिक स्थान बाहिरबाट अभियानको आवाज एउटै बन्न सक्दैन । एसियाली ऋण महासङ्घ एवं विश्व ऋण परिषद्का मार्गदर्शनसमेतको आधारमा जीवन्त अभियान निर्माण आजको आवश्यकता हो ।

बचत तथा ऋण सहकारी सङ्घ संस्थाहरू अभियानको सपना हो । सुरक्षा र दिगोपन अभियानकै चिन्ता एवं चासो मात्र होइन, जिम्मेवारी पनि भएकोले बचत तथा ऋण सहकारी अभियानलाई जीवन्त बनाउन एउटै आवाज हुन आवश्यक छ । एउटै आवाज बनाउने अभिभारा नेतृत्वको हो । हामी प्रजातान्त्रिक प्रणालीमा विश्वास गरी निरन्तर रूपान्तरण मार्फत सदस्यहरूको हितका लागि अभियानको सुरक्षा गर्न बचत तथा ऋण सहकारी अभियानको आवाज बुलन्द बनाउन सक्रिय हुन आवश्यक छ ।

आजसम्म औपचारिक वित्तीय क्षेत्रको रूपमा नहेरेको बचत तथा ऋण सहकारी अभियानलाई औपचारिक वित्तीय क्षेत्रको रूपमा विकास गर्ने विधि भनेको स्तरीय सुपरिवेक्षण नै हो । अभियानका लागि आवश्यक कामका पैरवीहरूमा समस्याको जडको रूपमा रहिरहेको ‘सुपरिवेक्षण भएको छैन’ भन्ने भाष्य अन्त्य हुन आवश्यक छ । औपचारिक वित्तीय क्षेत्रको सुपरिवेक्षकीय भार बहन गर्न बचत तथा ऋण सहकारी अभियानलाई कठिन छ । आजको सुपरिवेक्षकीय भार चुनौतीपूर्ण पनि छ, तर आजको दिनमा बचत तथा ऋण सहकारी सुपरिवेक्षण भएको छैन भन्ने सरोकारवालाहरूको भाष्य यस क्षेत्रको विकासको बाधक बनेको छ । स्वनियमनमा आधारित सुपरिवेक्षण वा सङ्घहरूको सुपरिवेक्षण मार्फत सुपरिवेक्षकीय भार बहन क्षमता वृद्धि गरी स्तरीय नियामकीय सुपरिवेक्षणमा बसेर अभियानको संरक्षण गर्नु आजको आवश्यकता हो । स्वनियमनमा आधारित सुपरिवेक्षण वा सङ्घहरूको सुपरिवेक्षणले नियामकीय सुपरिवेक्षणको भार बहन गर्न सहयोगी बन्न सक्ने भएकोले यो सुपरिवेक्षणमा अनिवार्य सहभागी हुन आवश्यक छ । सुपरिवेक्षणमा विकासात्मक बाटो आजको आवश्यकता हो । नियमन र स्वनियमनको सृजनात्मक रूपमा अभियान मैत्री कार्यान्वयनको आवश्यकता छ ।

बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष स्थापना भई कार्यान्वयनमा छ । बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषको आकार, क्षमता र पहुँच विस्तारका लागि सबै बचत तथा ऋण सहकारीहरूको सहभागिता जरुरी छ । बचत तथा ऋण सहकारीहरूलाई साँच्चै समस्या नै परेको समयमा संरक्षण गर्ने एक मात्र प्रणाली स्थिरीकरण कोष भएकोले सबैको सहभागिता जरुरी छ ।

जोखिम घटाउन, तालिम, शिक्षा, पैरवीले काम गर्न सक्छ, तर समस्या आएको समयमा बिना स्रोत संस्थाको संरक्षण हुन सक्दैन । जोखिम एक्लै व्यवस्थापन गर्न सकिँदैन, त्यसैले जोखिम व्यवस्थापनका लागि आज नै सचेत बन्नु अभियानको जिम्मेवारी हो । स्थिरीकरण कोष अभियानको कोष हो । अभियानको नियन्त्रण हुन आवश्यक छ, यसमा दुविधा छैन । कोष निर्माणको जिम्मा ऐनले अभियानलाई दिएको छ । अभियानले नै कोषलाई सुदृढ बनाउनु पर्नेछ । सहकारी सिद्धान्त बमोजिम ऐच्छिक रूपमा स्थापना होस् भन्ने ऐनको भावना रहे पनि स्थिरीकरण कोष सबैको आवश्यकता हो । सबै बचत तथा ऋण सहकारी संस्थाहरूको लागि अनिवार्य नै हो । स्थिरीकरण कोष अभियानको कवच हो ।

आजसम्म औपचारिक वित्तीय क्षेत्रको रूपमा नहेरेको बचत तथा ऋण सहकारी अभियानलाई औपचारिक वित्तीय क्षेत्रको रूपमा विकास गर्ने विधि भनेको स्तरीय सुपरिवेक्षण नै हो । अभियानका लागि आवश्यक कामका पैरवीहरूमा समस्याको जडको रूपमा रहिरहेको ‘सुपरिवेक्षण भएको छैन’ भन्ने भाष्य अन्त्य हुन आवश्यक छ । औपचारिक वित्तीय क्षेत्रको सुपरिवेक्षकीय भार बहन गर्न बचत तथा ऋण सहकारी अभियानलाई कठिन छ ।

अबको बचत तथा ऋण सहकारी अभियान सञ्जालीकृत अभियान हो । भावना, आदर्श वा शब्दमा एक होइन, सेवा र स्तरमा पनि अभियान एक हुन आवश्यक छ । राज्यले लिएको बचत तथा ऋण सङ्कुचनको नीतिको सामना गर्न पनि सञ्जालीकृत अभियान निर्माणको जिम्मा समयले दिएको छ । बचत तथा ऋण सहकारीका लामो व्याख्या गर्ने तर नीतिगत रूपमा सङ्कुचनमुखी व्यवस्था गर्ने हाम्रो संस्कार फेर्न अभियान एक हुन आवश्यक छ । अभियानको स्रोत अभियानमा नै परिचालन गर्न, अभियानको जोखिम अभियानले नै व्यवस्थापन गर्न सक्षम बन्न पनि सञ्जालीकृत अभियान निर्माण गर्नु आजको आवश्यकता हो । वित्तीय सेवा प्रवाहमा बढेको प्रतिस्पर्धा, प्रविधिमा आएको परिवर्तन र सदस्यहरूको आवश्यकतामा भएको बदलावबाट अभियानको संरक्षणका लागि सञ्जालीकृत अभियान निर्माण हाम्रो जिम्मेवारी हो । बचत तथा ऋण सहकारी अभियानको कार्यप्रणाली एकै स्तरको हुन आवश्यक छ, प्रविधि सुरक्षित हुन आवश्यक छ । खर्च न्यूनीकरण गर्न आवश्यक छ । यसका लागि सञ्जालीकृत अभियान बनाउनु आवश्यक छ । बचत तथा ऋण सहकारी अभियानका अबको गन्तव्यको रूपमा अभियानको सञ्जालीकरणलाई राखिएको छ । सेवाहरूको सञ्जालीकरण तथा स्तरीकरण मार्फत सदस्यहरूको बचत सुरक्षा गर्न अभियान सक्षम रहने विश्वास लिइएको छ ।

बचत तथा ऋण सहकारी अभियानमा बहुतह छ । ऐनले नै बहुतहको अस्तित्व स्वीकार गरेको छ । बहुतहले अभियान बिगारेको छैन । कार्यप्रणालीमा सञ्जालीकृत हुने गरी सहअस्तित्वका आधारमा थप विकासको योजना निर्माण गर्नु आजको आवश्यकता छ । बहुतहको सञ्जाल सहकार्यको आधारमा रूपान्तरण हुन आवश्यक छ । सञ्जालमा सहकार्य अपरिहार्य छ । सहकार्य सदस्य हित र अभियानको सुरक्षालाई प्राथमिकतामा राखेर हुन आवश्यक छ । दिगो सहकार्य समयको माग हो । सबैको आ-आफ्नो भूमिका र जिम्मेवारी परिभाषित छ । एक अर्कामा सहयोगीको रूपमा सञ्जाल सहकार्यलाई सुदृढ बनाउने आधारहरू विकास गरिनु पर्दछ । सहकारीको सफलता सहकार्यमा नै हुन्छ । सहकार्यलाई बोझको रूपमा होइन, आवश्यकताको आधारमा परिमार्जन गरिनु पर्दछ । सदस्यको अनुभूतिमा सञ्जाल एक भएर काम गर्नु आजको आवश्यकता हो ।

प्रतिनिधि सभा तथा नेपाल सरकारले गठन गरेको समिति तथा कार्यदलहरूले दिएका प्रतिवेदनहरूको कार्यान्वयन, स्थानीय, प्रदेश तथा सङ्घीय सरकारसँगको समन्वय र निरन्तर अभियानमैत्री पैरवी आजको आवश्यकता हो । बचत तथा ऋण सहकारी अभियानको साधन, स्रोत तथा क्षमतामा आधारित भई औपचारिक वा अनौपचारिक रूपमा समन्वयात्मक रूपमा अघि बढ्न सकिने कुरामा सङ्घ विश्वस्त छ । सबै तहका सरकारहरूसँग सङ्घ सहकार्य तथा समन्वयमा अभियानको संरक्षण र प्रवर्द्धनका लागि निरन्तर सक्रिय रहनु अभियानको जिम्मेवारी र पहिलो काम हो । ‘एउटै अभियान, एउटै आवाजः सुरक्षित साकोस, समुन्नत समाज’ को मर्मका आधारमा पैरवी गरिनु पर्दछ ।

अबको एउटै बाटो भनेको बचत तथा ऋण सहकारीहरूका लागि वित्तीय सहकारी ऐनका लागि पैरवी हो । बचत तथा ऋण सहकारी अभियान अब नेपालीहरूको जीवनपद्धति हो । समुदायको आधारभूत संस्था हो र औपचारिक वित्तीय क्षेत्र हो । उत्कृष्ट सहकारितासहितको वित्तीय सेवा प्रवाह गर्न अभियान प्रतिबद्ध छ ।

बचत तथा ऋण सहकारी अभियान आज दिगो विकास लक्ष्यहरू तथा उद्यमशीलता पारिस्थितिक प्रणाली सुदृढीकरणमा सक्रिय हुन आवश्यक छ । बचत तथा ऋण सहकारीहरूले दिगो विकास लक्ष्यहरूमा क्षमता अनुसारको योगदान गर्न र सदस्यहरूलाई उद्यमशील बनाउने जिम्मा अभियानको हो । उद्यमशील सदस्यहरूले मात्र बचत गर्न र स्रोतको परिचालन गर्न सक्दछन् । उद्यमशीलता विकास र दिगो विकास लक्ष्य सहकारीको मात्र नभएकोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला सङ्घ संस्थाहरूसँगको सहकार्यलाई निरन्तर खुला गरिनु पर्दछ । दिगो विकास लक्ष्य प्राप्तिमा योगदान गर्न र सामुदायिक तथा सञ्जालको क्षमता विकास हुने कार्यक्रमहरूमा सहकार्य गर्नु अभियानको जिम्मेवारी हो । बचत तथा ऋण सहकारी अभियानका सवालहरूको रूपमा आईसीए (ICA) को एजेण्डा अन एक्सन २०२४ (Agenda on Action 2024) लाई स्वीकार गरी कार्यान्वयनमा जानु पर्ने छ । संयुक्त राष्ट्र सङ्घको महासभाबाट घोषित सहकारी दशकका कार्यक्रमहरू कार्यान्वयनमा अभियान सक्रिय हुन आवश्यक छ ।

बचत तथा ऋण सहकारी अभियान प्रवर्द्धन तथा संरक्षणका लागि आवश्यक ज्ञान, सीप र क्षमता विकासका लागि सङ्घले राष्ट्रिय, अन्तर्राष्ट्रिय, भौतिक तथा अभौतिक सिकाइका अवसर सिर्जना र विस्तारका कार्यमा अभियान जिम्मेवार बन्नु पर्दछ । बचत तथा ऋण सहकारी सिकाइको पहिलो आधार अभियान भित्रको सिकाइ हो । वित्तीय साक्षरता, वित्तीय शिक्षा, व्यावसायिक साक्षरता, व्यवसाय विकास सेवा जस्ता पक्षहरूको प्रवर्द्धन मार्फत सञ्जालको स्रोत उत्पादनमा जोड्ने प्रयास हुन आवश्यक छ । स्व-सहयोग, सहकार्य, स्वावलम्बनको अवधारणा सिकाइ आदानप्रदानबाट मात्र सम्भव छ । बचत तथा ऋण सहकारी अभियान सदस्यहरूको लागि सिकाइको पर्याय बन्नु आजको आवश्यकता हो । सिकाइ आदानप्रदानबाट मात्र समस्याहरूको दिगो समाधान दिन सकिन्छ भन्नेमा अभियान विश्वस्त छ ।

बचत तथा ऋण सहकारी व्यवस्थापनमा चुनौती छ । राज्य संरक्षित औपचारिक वित्तीय क्षेत्रका सेवाहरू परिमार्जन भएका छन् । प्रविधिले समावेशीकरणलाई सहयोग गरेको छ । सहकारी क्षेत्रमा उच्च स्तरको प्रविधि खरिदमा समस्या विद्यमान छ । समस्याग्रस्त वा समस्या उन्मुख संस्थाहरूमा सदस्यहरूको बचत फिर्तामा जटिलता देखिएको छ । जनशक्तिको आकर्षण कमजोर भएको छ । स्रोत व्यवस्थापनमा सङ्घहरूलाई अलग गर्ने प्रयास गरिएको छ । कडा नियमनको नाममा अभियानलाई डर देखाइएको छ । आन्तरिक रूपमा स्रोत व्यवस्थापनमा पनि केही समस्या भएको छ । भाखा नाघेको ऋण बढेको छ । सदस्यहरूको व्यवसाय निरन्तर रूपमा असफल भएको छ । सरकारको संरक्षणात्मक पहल पुगेको छैन । तर यी सबै समस्या अल्पकालीन हुन् । अभियान एक हुँदा यी सबै समस्याको समाधान हुन सक्छ । अभियानको नेतृत्व कमजोर बनेर समस्याको समाधान हुँदैन । एक भएर बलियो बन्न आवश्यक छ । कुनै पनि संस्था एक्लै छैन । हुनु हुँदैन । समस्याको व्यवस्थापन गर्ने क्षमता र सक्रियता अभियानसँग छ । बचत ऋण सहकारी अभियान कमजोर बनेको छैन । संविधानले दिएको एक तिहाइ जिम्मेवारी लिन निष्ठापूर्वक सक्रिय रहन आवश्यक छ ।

बचत तथा ऋण सहकारी अभियान आजका दिनसम्म औपचारिक रूपमा वित्तीय क्षेत्र पनि हुन नसक्नु र यो विषयमा राज्य बेखबर हुनुले वित्तीय सहकारी ऐनको आवश्यकताको पुष्टि गरेको छ । विश्वव्यापी रूपमा बचत तथा ऋण सहकारी क्षेत्र औपचारिक वित्तीय क्षेत्र हो । हामीले कार्यदल वा समिति आदिबाट पनि समाधान पाउन सकेनौँ । अबको एउटै बाटो भनेको बचत तथा ऋण सहकारीहरूका लागि वित्तीय सहकारी ऐनका लागि पैरवी हो । बचत तथा ऋण सहकारी अभियान अब नेपालीहरूको जीवनपद्धति हो । समुदायको आधारभूत संस्था हो र औपचारिक वित्तीय क्षेत्र हो । उत्कृष्ट सहकारितासहितको वित्तीय सेवा प्रवाह गर्न अभियान प्रतिबद्ध छ ।

  • ढकाल नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का अध्यक्ष हुन् ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री