काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमल पोखरीमा पुगेर छठीमाईको पूजा गरेकी छन् । प्रधानमन्त्री कार्कीले सोमवार छठ पर्वको मुख्य दिन कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठीमाईको पूजा आराधना गरेकी हुन् ।
प्राचीन कालदेखि सूर्यको आराधना गरी मनाइँदै आएको बहुसांस्कृतिक, बहुधार्मिक एवं बहुजातीय पर्व छठको अनुष्ठानअन्तर्गत सोमवार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै छ । काठमाडौँको कमल पोखरीमा विगत नौ वर्षयता छठ पर्वको अवसर पारेर विशेष कार्यक्रम आयोजना हुँदै आएको छ ।
तपाईंको प्रतिकृया




