जाँचबुझ आयोगका अध्यक्ष कार्की र पदाधिकारीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको दमन र आगजनी घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगका अध्यक्ष तथा पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध रिट निवेदन दायर गरेका हुन् ।

रिटमा ढकालले आयोगका अध्यक्ष कार्की र सदस्य शर्माले छानबिन गर्नुपर्ने विषयमा सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै पूर्वाग्रही देखाएको आरोप लगाएका छन् । उनका अनुसार यसले न्यायिक निष्पक्षताको सिद्धान्तमा प्रश्न उठेको छ ।

रिट निवेदनमा आयोगका पदाधिकारीहरूले न्यायिक विवेक प्रयोग गर्नुपर्ने भए पनि घटनाबारे पहिले नै धारणा बनाइसकेका कारण निष्पक्ष रूपमा काम गर्न नसक्ने दाबी गरिएको छ। ढकालले अन्तरिम आदेशमार्फत आयोगका पदाधिकारीहरूलाई काम गर्न रोक लगाउन माग गरेका छन् ।

त्यसैगरी, आयोगका अर्को सदस्य विश्वेश्वरप्रसाद भण्डारीले पनि सहकर्मीहरूको पूर्वाग्रही व्यवहारबारे आपत्ति नजनाएको भन्दै उनीमाथि समेत प्रश्न उठाइएको छ।

सरकारले जेनजी आन्दोलनपछिका जनधनको क्षति र आगजनी घटनाको अनुसन्धानका लागि विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री