गायक बाबुल पक्राउ

काठमाडौँ । गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरी आत्महत्या दुरूत्साहन मुद्दामा आज पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले दिएकाे जानकारी अनुसार गिरी पक्राउ परेका हुन् ।

अनामनगरकाे एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको उपचारको क्रममा मृत्यु भएपछि गायक गिरी पक्राउ परेका हुन् । पौडेलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार हुँदै थियाे । आफैंमाथि आगो लगाइरहेको अवस्थामा पौडेललाई प्रहरीले उद्धार गरेर कीर्तिपुर बर्न अस्पताल लगेकाे थियो । साेही घटनामा गिरी पनि सामान्य घाइते भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री