रुकुम। रूकुम पश्चिमको बाफिकोट गाउँपालिका-७ लिस्नेमा आज शुक्रबार बेलुकी भएको जिप दुर्घटनामा मृतक सात जनामध्ये ६ जनाको परिचय भएको छ। मृत्यु हुनेमा आठबिसकोट नगरपालिका२ स्यालाकी ३० वर्षीया कमला वली, आठबिसकोट २ का १६ वर्षीय टेकजंग बुढा, आठबिसकोट १५ की दिलमाया बुढा, आठबिसकोटकी १७ की मनिका वली, १८ वर्षीया सर्मिला विक, २२ वर्षीया गोपाल वली रहेका छन्। मृतक एकजना महिलाको भने पहिचान खुल्न सकेकाे छैन ।
बेलुकी साढे ५ बजेतिर खलंगाबाट स्यालाखाँदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको यात्रुबाहक जिप स्यालाखाँदीबाट मुसिकोटतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हाे ।
तपाईंको प्रतिकृया



