सिजी र एलजी शपको तिहार लक्षित डिस्काउन्ट अभियान

काठमाडौँ । तिहार पर्वलाई लक्षित गर्दै CG Digital र LG Shoppe ले ‘LUTO LUTO OFFER!! Scratch & Win Instant Discount’ नामक विशेष ग्राहक–अभियान सुरु गरेको छ ।

‘Every Scratch Wins Instant Discount!’ भन्ने आकर्षक अवधारणासहित ल्याइएको यस अफरअन्तर्गत, ग्राहकहरूले LG, CG, CG Meridia, TCL, Beko, Black+Decker, Godrej,
Sensei, Burly, Midea, Kent, Elica, Crompton, NOTHING (R) र Motorola जस्ता अग्रणी ब्रान्डका उपकरण खरिदमा ४० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार ग्राहक सुविधाका लागि कम्पनीले पुराना उपकरण साट्ने र ० प्रतिशत ब्याजदरमा EMI सुविधा पनि उपलब्ध गराएको र साथै CG X-Elex प्रणालीमार्फत तत्काल स्वीकृत ‘On-the-Spot EMI’ सुविधा प्रदान गरिनेछ, जसले खरिद प्रक्रिया झन् सहज र तीव्र बनाउनेछ ।

कम्पनीका प्रतिनिधि अनुसार, ‘यस अफरमार्फत ग्राहकलाई केवल छुट होइन, हरेक स्क्र्याचमार्फत उत्साह र खुसी प्रदान गर्ने सोचका साथ यो अभियान ल्याएका हौँ। यो अफर कार्तिक ११ गतेसम्म मात्र लागू हुनेछ र यस अवधिभर ग्राहकहरूले फ्रिज, स्मार्ट टिभी, वासिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ ओभन, चिम्नी, ज्यूसर, कूलर लगायतका अत्याधुनिक उपकरणहरू एकै स्थानमा सहज रूपमा खरिद गर्न सक्नेछन् । यो योजना सम्पूर्ण CG Digital र LG Shoppe मा लागु गरिएको छ।’

देशभर CG Digital का २० वाट शोरुम र LG Shoppe का ७ वाट शोरुम अवस्थित छन् । तिहारलाई उज्यालो र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सुरु गरिएको यो अभियानमार्फत कम्पनीले नेपाली परिवारमा आधुनिक जीवनशैली र प्रविधिको सहज पहुँच विस्तार गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

ग्राहकहरूले देशभरका CG Digital र LG Shoppe शोरुमहरूमा गएर वा कम्पनीका सामाजिक सञ्जाल प्लेटफर्महरूमार्फत अफरसम्बन्धी थप विवरण प्राप्त गर्न सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री