काठमाडौं । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले २५ हजार भन्दा बढी प्रहरी जनशक्ति थप गर्नुपर्ने बताएका छन् । शुक्रबार ७० औँ प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाल प्रहरी बिनाको समाज परिकल्पना गर्न नसकिने समेत स्पष्ट पारे । विभिन्न ९ सय ३९ स्थानमा नयाँ प्रहरी इकाइको माग र चार सयभन्दा बढी इकाइमा प्रहरी कार्यालयको स्तरोन्नतिको माग रहेको बताए । यसको पूर्तिका लागि २५ हजार भन्दा बढी प्रहरी जनशक्ति आवश्यक रहेको बताए ।
उनले भने, ‘राज्यको सबैभन्दा अग्र पङ्क्तिमा सेवारत विशाल संयन्त्रयुक्त सङ्गठनको रूपमा विकसित भएको नेपाल प्रहरी आजका दिनसम्म नागरिकको स्नेह, आक्रोश समानान्तर रूपमा प्राप्त र सामना गर्ने राज्यको सशक्त प्रतिनिधिको रूपमा स्थापित हुन सफल भएको छ ।
तपाईंको प्रतिकृया




