काठमाडौं । संसद विघटनविरुद्ध दायर रिट सर्वोच्च अदालतले दर्ता गरेको छ। सर्वोच्च अदालतमा रिट दर्ता खुला गरिएको मङ्गलबार मात्रै १० वटा रिट दायर भएका थिए।
ती रिटहरू क्रमशः दर्ता हुँदै गएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ । अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले रिट दर्ता प्रक्रिया जारी रहेको बताए ।
अधिवक्ता डा. प्रेमराज सिलवाल र अधिवक्ता युवराज सफलसहितले दायर गरेका रिटहरू दर्ता भइसकेका छन्। ती रिटहरूमा सर्वोच्चले कात्तिक १२ गतेको पेसी तोकेको छ।
तपाईंको प्रतिकृया




