काठमाडौं । सर्लाही जिल्लाको गोडैता नगरपालिका–७ का वडाध्यक्ष विनेशकुमार दास प्रहरी कुटपिट र प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा पक्राउ परेका छन् ।
प्रहरी स्रोतका अनुसार, असोज १७ गते, दुर्गा पूजाका लागि चन्दा उठाउने विषयमा स्थानीय कारी यादवलाई कुटपिट गर्ने क्रममा गोडैता प्रहरी चौकीमा आक्रमण भएको थियो । सो घटनाको विषयमा छलफल चलिरहेको बेला वडाध्यक्ष दासको नेतृत्वमा प्रहरी चौकीमा ढुंगामुढा भएको थियो।
घटनामा सइ अवधेशप्रसाद यादवको दुई दाँत भाँचिएको र पाँच प्रहरी घाइते भएका छन्। प्रहरीले हरीले उनलाई कुटपिट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रो मुद्दामा मलंगवामा राखी अदालतबाट म्याद थप गर्ने तयारी गरेको छ।
वडाध्यक्षको गिरफ्तारीको विरोधमा गोडैता बजार बन्द गरिएको छ भने मेयर देवेन्द्रकुमार यादवले राजनीतिक पूर्वाग्रहका कारण दासलाई पक्राउ गरिएको दाबी गरेका छन् ।




