काठमाडौं । सप्तरीको सप्तकोसी नगरपालिकामा डुबानमा फसेका २० जनाको नेपाली सेनाले उद्धार गरेको छ ।
सप्तकोसी नगरपालिका वडा नम्बर ६ स्थित बोचही पोखरीया टोल आसपासका उनीहरुको आइतबार उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।
राजविराजस्थित बरख गणको सुरक्षा वेश सप्तरीबाट सहायक सेनानी सुकमन तामाङको नेतृत्वमा खटिएको १४ जनाको टोलीले बाढीमा फसेका अशक्त, वृद्ध–वृद्धा, महिला र बालबालिकासहित २० जनालाई उद्धार गरेको बरख गणका प्रमुख सेनानी सोवित बहादुर चन्दले जानकारी दिए ।
उद्धार गरिएकालाई स्थानीय राष्ट्रिय आधारभूत विद्यालयमा राखिएको छ।
तपाईंको प्रतिकृया




