प्रधानमन्त्री कार्कीको नयाँ एक्स, फेसबुक र इन्स्टाग्राम एकाउन्ट सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की अब सामाजिक सञ्जालमा पनि सक्रिय भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका तीन आधिकारिक सामाजिक सञ्जाल एकाउन्टहरू सार्वजनिक गरेको हो ।

कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री कार्कीको आधिकारिक एक्स (पहिलेको ट्विटर) ह्यान्डल @pmsushilakarki रहेको छ । यसैगरी, फेसबुकमा ‘पीएम सुशीला कार्की’ सुरु गरिएको छ, जसको सम्पर्क इमेल [email protected] तोकिएको छ । इन्स्टाग्राम प्रयोगकर्ताहरूका लागि भने pm.sushila.karki ह्यान्डलमार्फत उहाँसँग जोडिन सकिनेछ, जसको इमेल [email protected] नै रहेको छ ।

प्रधानमन्त्री कार्यालयका सहसचिव/प्रवक्ता रविलाल शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा यी एकाउन्टहरू आजैदेखि सञ्चालनमा आएको उल्लेख छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री