बाँसको तामा खाँदा यस्ता फाइदा…

काठमाण्डौ । बाँसलाई ‘घाँसको राजा पनि भन्ने गरिन्छ । बाँसको कलिलो भागलाई नै तामा भन्ने गरिन्छ । एसियामा यो प्रचलित सब्जी तामालाई हामी अचार वा सब्जीको रूपमा प्रयोग गर्दछौं । तामा एउटा स्वथ्यकर, पूर्ण र गुणकारी सब्जी हो । मामा भिटामिन बीट, भिटामिन ई र ए, नियासिन, रिबोफ्लाभिन, थियामिन र फोलेटहरू हुन्छ। त्यस्तै गरी खनिज तत्त्वहरूमा क्याल्सियम, म्याग्नेसियम, जिंक, सोडियम, फोस्फरस, पोटासियम, कप्पर, म्यागानिज र आइरन हुन्छ ।

-बाँसको तामामा कम कार्बोहाइड्रेड हुने हुँदा यो मधुमेह रोगीका लागि फाइदाजनक छ ।

-बाँसको तामामा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन मद्दत पु-याउँछ ।

-पाचन प्रक्रियामा समस्या हुनेले पनि नियमित तामा खाँदा राम्रो हुन्छ ।

-पिसाबमा संक्रमण भएका बिरामीले तामा खाँदा औषधिको काम गर्छ ।

-गर्भवती महिलालाई अन्तिम महिनातिर तामा खुवाउनाले समयमा बच्चा जन्मिन्छ ।

-ग्यास्ट्रिक र अल्सरका लागि पनि तामा राम्रो मानिन्छ ।

-नियमित तामाको परिकार खाने व्यक्तिलाई क्यान्सर हुने डर कम हुन्छ ।

-तामाले मुटुसम्बन्धी रोगको सम्भावनालाई कम गर्छ । त्यसैले तामालाई मुटुको स्वास्थ्यमैत्री खाद्य परिकार मानिन्छ ।

-तामाले कोलेस्ट्रोल सन्तुलन गर्ने  काम गर्छ ।

-आन्तरिक तथा बाह्य रूपमा हुने मानिसका विभिन्न घाउ तथा चोट ठीक गर्न उपयोगी छ ।

-रक्तचापलाई नियन्त्रणमा राख्न भूमिका खेलेको हुन्छ ।

-फोक्सोसम्बन्धी बिमारीलाई त झन् अमृत मानिन्छ, बाँसको तामा ।

श्वासप्रश्वासका बिरामीलाई नियमित रूपमा तामा खुवाउँदा बिस्तारै निको हुँदै जान्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री