मनसुनी वायूको प्रभाव कमजोर, यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । आज दिउँसो मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने र कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री