आविष्कार केन्द्रमा भुईँमा सुत्थे, यो त फाइभस्टार होटलजस्तो छ : शिक्षामन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्रालयभित्रै तयार पारिएको आफ्नो सयनकक्षलाई ‘पाँचतारे होटल’ सँग तुलना गरेका छन् । सिंहदरबारभित्रको शिक्षा मन्त्रालयमा आगजनी भएपछि लैनचौरको केशर महलमा सारिएको मन्त्रालयमा मन्त्री पुनका लागि विशेष व्यवस्था गरिएको हो ।

मंगलबार साँझ आफ्नो नयाँ सयनकक्ष अवलोकन गरेपछि मन्त्री पुनले भने, ‘फाइभस्टार होटल जस्तोमा सुत्न पाइने भयो । यस्तै त हुन्छ फाइभस्टार होटलमा । रुम ठूलो छ, यस्तो चिटिक्कको छ, बेड ठूलो छ…।’

मन्त्रालयमा पदभार ग्रहण गरेकै दिन उनले सचिवलाई मन्त्रालयभित्रै बस्ने-खाने व्यवस्था मिलाउन निर्देशन दिएका थिए । सोही निर्देशन बमोजिम मंगलबार नै भान्सा र सयन कक्ष तयार पारिएको हो ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले आफू आविष्कार केन्द्रमा हुँदा भुइँमा टेन्ट टाँगेर सुत्ने गरेको स्मरण गर्दै, ‘भुइँमा सुत्ने मान्छेलाई फाइभस्टार होटलको जस्तो सुविधायुक्त बासको व्यवस्था मिलाइदिएको’ भन्दै मन्त्रालयका कर्मचारीहरूप्रति आभार व्यक्त गरे ।

ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवासमा जेनजी युवा प्रदर्शनका क्रममा आगजनी भएपछि अन्त डेरा खोज्नुभन्दा मन्त्रालयमै बस्ने इच्छा मन्त्री पुनले व्यक्त गरेका थिए । मन्त्रीको कार्यकक्षलाई पार्टेसन गरी बक्स पलङ, टेबुल, कुर्सी, दराजसहितको सयनकक्ष र छेउमै पकाउने भाँडाकुँडा र फ्रिजसहितको सानो भान्सा कोठाको व्यवस्था गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री