बिगमार्टमा एससीटी-युनियनपे कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट

  • घटस्थापनादेखि छठसम्म ‘स्मार्ट सेलिब्रेशन विथ एससीटी’ अफर

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको स्वीकृति प्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले यस वर्षको दशैं–तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘स्मार्ट सेलिब्रेशन विथ एससीटी’ नामक विशेष छुट अफर सार्वजनिक गरेको छ ।

देशभर १२० भन्दा बढी शाखा रहेका बिगमार्ट चेन स्टोरसँग सहकार्यमा ल्याइएको यो अफर अन्तर्गत असोज ६ गतेदेखि कार्तिक १० गते (घटस्थापनादेखि छठसम्म) एससीटी–युनियनपे कार्ड प्रयोग गरी एइक मेसिन (POS) मार्फत भुक्तानी गर्दा ग्राहकहरूले १० प्रतिशत छुट (अधिकतम रु १००) प्राप्त गर्न सक्नेछन् ।

यो छुट एकपटकको कारोबारमा मात्र लागू हुनेछ र बिगमार्टका सबै शाखाहरूमा यो अफर उपलब्ध हुनेछ ।

हाल एससीटीले २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारीहरू मार्फत एससीटी–युनियनपे कार्ड जारी गर्दै आएको छ ।

कम्पनीले यो अफरमार्फत कार्ड प्रयोगलाई प्रोत्साहन गर्ने, नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने तथा डिजिटल भुक्तानी प्रणालीको विकासमा योगदान पु¥याउने लक्ष्य लिएको छ ।

यस अफरमा सहभागी हुन इच्छुक तर कार्ड नभएका ग्राहकहरूले नजिकको बैंक वा वित्तीय संस्थामा गएर SCT–UnionPay कार्ड माग गर्न सक्ने छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री