टीभीएसले सार्वजनिक गर्‍यो अपाचे आरटीआर १६० २भी एफआई र रेडर आइगो

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा दुई नयाँ तथा बहुप्रतीक्षित मोटरसाइकल अपाचे आरटीआर १६० २भी एफआई र रेडर आइगो सार्वजनिक गरेको छ । यी मोडलहरू उत्कृष्ट कार्यक्षमता, आकर्षक माइलेज, अत्याधुनिक प्रविधि र प्रतिस्पर्धी मूल्यका साथ बजारमा ल्याइएका छन् ।

टीभीएस अपाचे आरटीआर १६० २ भी एफआई ‘रेस ट्युन्ड फ्युल इन्जेक्सन (आरटीएफआई)’ प्रविधिसँग सुसज्जित छ । यो प्रविधिले विभिन्न राइड मोडहरूमा भिन्न-भिन्न पावर प्रदान गरी राइडिङ अनुभवलाई थप रोमाञ्चक बनाउँछ ।

मुख्य विशेषताहरू:

  • इन्जिन: १५९.७ सीसी इन्जिन।

  • पावर:

    • स्पोर्ट्स मोड: १६.०४ पीएस पावर र १३.८५ एनएम टर्क ।

    • अर्बन र रेन मोड: १३.३० पीएस पावर र १२.७ एनएम टर्क ।

  • माइलेज: आरटीएफआई प्रविधिले ५० किलोमिटर प्रति लिटरभन्दा बढी माइलेज सुनिश्चित गर्छ ।

  • ड्राइभ मोडहरू: स्पोर्ट्स, अर्बन र रेन गरी तीनवटा ड्राइभ मोड उपलब्ध ।

  • सुरक्षा: सुपरमोटो सिंगल च्यानल एबीएस (एन्टी–लक ब्रेकिङ सिस्टम) र डुअल रोटर पेटल डिस्क ब्रेक ।

  • थप प्रविधि: जीटीटी (ग्लाइड थ्रु टेक्नोलोजी), नयाँ एलईडी हेडल्याम्प र डीआरएल, एल्केन्ट्रा जस्तो रेसिङ सिट, ह्यान्डल बारमा एन्टी–भाइब्रेसन वेटहरू ।

  • टप स्पिड: स्पोर्ट्स मोडमा १०७ किलोमिटर प्रतिघण्टा र अर्बन/रेन मोडमा ९७ किलोमिटर प्रतिघण्टा ।

  • मूल्य: ३ लाख ४४ हजार ९ सय रुपैयाँ ।

यो मोडल विशेषगरी युवा तथा स्पोर्ट्स बाइकका पारखीहरूका लागि लक्षित छ, जसले दैनिक यात्रामा पनि रेस ट्र्याकको अनुभव लिन चाहन्छन् ।

टीभीएस रेडर आइगो: स्टाइल, पावर र माइलेज

टीभीएस रेडर आइगो नेपालको लागि विशेष रूपमा डिजाइन गरिएको एक प्रदर्शन उन्मुख १२५ सीसीको मोटरसाइकल हो । यसमा रहेको थ्री भल्भ इन्जिनले १२५ सीसीको भए पनि १५० सीसी बराबरको पावर प्रदान गर्छ, जसले काठमाडौंको व्यस्त सडकमा पनि उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्छ ।

मुख्य विशेषताहरू:

  • इन्जिन: थ्री भल्भ इन्जिन, एयर र ओइल कुलिङ प्रणाली ।

  • माइलेज: ६० किलोमिटर प्रति लिटरभन्दा बढी माइलेज ।

  • प्रविधि: ९९ प्लस कनेक्टेड फिचरसहितको टीएफटी क्लस्टर, साइलेन्ट स्टार्ट (आईएससी), फाइभ–स्टेप एडजस्टेबल मोनो–शोक सस्पेन्सन, जीटीटी (ग्लाइड थ्रु टेक्नोलोजी), यूएसबी चार्जिङ पोर्ट, अन्डर सिट स्टोरेज, साइड स्ट्यान्ड इन्जिन कट अफ स्विच र एसटी (सिंक्रोनाइज्ड ब्रेकिङ टेक्नोलोजी) ।

  • प्रवेग: ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति ५.८ सेकेन्डमा ।

  • डिजाइन: एलईडी हेडल्याम्प र डीआरएल, स्पोर्टी फ्युल ट्याङ्क र स्प्लिट सिट ।

  • मूल्य: ३ लाख ५ हजार ९ सय रुपैयाँ ।

रेडर आइगो स्टाइल, प्रविधि र प्रदर्शनलाई एकसाथ जोड्न चाहने राइडरहरूका लागि उपयुक्त विकल्प हो ।

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक अखिल गुप्ताले यी दुई फिचर लोडेड बाइक नेपाली बजारमा सार्वजनिक गर्न पाउँदा खुसी व्यक्त गरे। उनले युवा राइडरहरूको आवश्यकता र रुचिलाई ध्यानमा राखी तयार पारिएका यी मोडेलहरूले बजारमा उत्साहजनक प्रतिक्रिया पाउनेमा विश्वास व्यक्त गरे । कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय विभागका वरिष्ठ उपाध्यक्ष राहुल नायकको पनि उक्त सार्वजनिक कार्यक्रममा उपस्थिति रहेको थियो ।

जगदम्बा मोटर्सको सशक्त उपस्थिति
जगदम्बा मोटर्सले नेपालभरि ६० भन्दा बढी बिक्री केन्द्रहरू र २६ सेवा केन्द्रहरूमार्फत ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । जगदम्बा मोटर्सले नेपालभरि ६० भन्दा बढी बिक्री केन्द्रहरू र २६ सेवा केन्द्रहरूमार्फत ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

टीभीएस मोटर कम्पनीले हाल ८० भन्दा बढी देशहरूमा आफ्नो व्यवसाय विस्तार गरिसकेको छ र यो डेमिङ पुरस्कार प्राप्त गर्ने एकमात्र दुईपांग्रे सवारी निर्माताको रूपमा चिनिन्छ । यी नयाँ मोडलहरूको आगमनले नेपाली मोटरसाइकल बजारमा थप प्रतिस्पर्धा बढ्ने र उपभोक्ताले गुणस्तरीय तथा प्रविधिमैत्री विकल्पहरू पाउने निश्चित छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप