काठमाडौँ । महालक्ष्मी विकास बैंकले मुलुकमा हालै भएको आन्दोलनको क्रममा भएको आगजनी तथा तोडफोडको कारणले क्षतिग्रस्त भएको प्रहरी वृत्त दरबारमार्ग, काठमाण्डौंको भवनको पुर्ननिर्माण कार्य तथा मर्मत सम्भारको लागि आर्थिक सहयोग गरेको छ ।
दरबारमार्गमा रहेको उक्त प्रहरी कार्यालयमा न्यूनतम प्रशासनिक कार्यहरू गर्न कठिनाइ भएकोले तत्कालको लागि कार्यालय भवनको मर्मत सम्भार तथा अन्य सिभिल कार्यहरू गर्न आर्थिक सहयोग गरिएको हो ।
यस कार्यबाट प्रहरी वृत्त दरबारमार्गमा भइरहेको पुर्ननिर्माण तथा मर्मत सम्भार कार्य छिटो सम्पन्न हुने तथा यस सहयोगबाट पुर्ननिर्माण तथा मर्मत सम्भारको प्रयासमा एक इँटा थप हुने विश्वास बैंकले लिएको जनाएको छ ।
साथै बैंकको सम्पूर्ण सेवाहरू पूर्ण रूपमा सञ्चालनमा आइसकेको तथा डिजिटल बैङ्किङ सेवाहरू सुरक्षित रूपमा सञ्चालन भइरहेको समेत जानकारी दिएको छ ।




