मनकामना केबलकार पुनः सञ्चालनमा, भक्तजनलाई सहज

काठमाडौं । गोरखाको प्रसिद्ध मनकामना मन्दिरसम्म पुग्ने भक्तजनहरूको सुविधाका लागि सञ्चालित मनकामना केबलकार आजदेखि नियमित सेवामा फर्किएको छ । गत भदौ २३ र २४ गते जेनजीको प्रदर्शनका कारण २५ गतेदेखि बन्द गरिएको सेवा एक साताको अन्तरालपछि पुनः सञ्चालनमा आएको हो ।

केबलकार कार्यालयका प्रमुख उज्ज्वल शेरचनका अनुसार सेवा बन्द रहेको अवधिमा केबलकारको नियमित तथा विस्तृत मर्मतसम्भारको कार्य सम्पन्न गरिएको छ। यसबाट केबलकारको सुरक्षा र सञ्चालनमा थप विश्वसनीयता कायम भएको छ ।

नेपालको पहिलो केबलकारका रूपमा परिचित मनकामना केबलकारले गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामाईको मन्दिर जाने दर्शनार्थीहरूका लागि यात्रालाई निकै सहज बनाउँदै आएको छ। यसको प्रवेशद्वार (बटम स्टेशन) चितवनको इच्छाकामना–४ चेरेसमा अवस्थित छ ।

केबलकार पुनः सञ्चालनमा आएसँगै हजारौं भक्तजन र पर्यटकहरूलाई मनकामना दर्शनका लागि आवागमनमा सहजता मिल्ने भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री