कार्की नेतृत्वको अन्तरिम सरकारलाई भारतको स्वागत, सहकार्य गर्न तत्पर

काठमाडौं । नेपालमा सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भएको छ । यो महत्त्वपूर्ण राजनीतिक घटनाक्रमलाई छिमेकी राष्ट्र भारतले तत्कालै स्वागत गरेको छ ।

राष्ट्रपतिबाट नयाँ अन्तरिम सरकारका सदस्यहरूले शपथग्रहण गरेलगत्तै भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस कदमको सराहना गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘हामी राइट अनरेबल श्रीमती सुशीला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत गर्दछौं । हामी आशावादी छौं कि यसले शान्ति र स्थिरता कायम गर्न मद्दत गर्नेछ ।’

भारतले नेपाललाई आफ्नो नजिकको छिमेकी, एक सहयात्री लोकतन्त्र र दीर्घकालीन विकास साझेदारका रूपमा हेरेको छ । विज्ञप्तिमा थप उल्लेख गरिएको छ, ‘एक नजिकको छिमेकी, एक सहयात्री लोकतन्त्र र एक दीर्घकालीन विकास साझेदारका रूपमा, भारतले दुवै देशका जनताको भलाइ र समृद्धिका लागि नेपालसँग नजिकबाट काम गर्न जारी राख्नेछ ।’

सुशीला कार्कीको नेतृत्वमा संक्रमणकालीन सरकारले देशलाई स्थायित्व र प्रगतिको दिशामा लैजाने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप