काठमाडौं । अब ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्ग फाइनान्स कम्पनीहरूले अर्को प्रदेशमा शाखा संचालन गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार परिपत्र जारी गरेर यदि यी दुई वित्तीय संस्थाहरूको शाखा अन्य वा अर्को प्रदेशमा भए २०७७ असारमसान्तसम्म बन्द गरिसक्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो । अहिले विकास बैंक तथा फाइनान्स कम्पनीको शाखा दुई वा दुई भन्दा बढी प्रदेशमा विस्तार भएको छ ।
त्यस्तै राष्ट्र बैंकल प्रादेशिक रुपमा सञ्चालित विकास बैंक र फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी निर्धारण गरेको छ । कुनै पनि विकास बैंकले एक अर्ब २० करोड चुक्ता पुँजी बनाएर कुनै एक प्रदेशभरी वित्तीय कारोबार गर्न पाउने छ । फाइनान्स कम्पनीहरूले भने ५० करोड रुपैयाँ चुक्ता पुँजी पु¥याएर सोही बमोजिम कार्य गर्न पाउने छन् । प्रदेश स्तरका लघुवित्तलाई २ करोड पूँजी तोकिएको छ ।
अर्को प्रदेशबाट शाखा स्थानान्तरण नगरे स्वीकृति लिएको प्रदेशमा विस्तार गर्न पाउने छैन । चुक्ता पूँजी पुरा गर्ने बेलामा मर्जर वा प्राप्तिलाई प्राथमिकतामा राख्न पनि निर्दशनमा भनिएको छ ।
प्रतिकृया दिनुहॊस