गभर्नर पौडेलको आक्रोश-मेरो रिस मेरा वृद्ध बाआमामाथि किन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आफूमाथि भएको व्यक्तिगत रिस आफ्ना वृद्ध आमाबाबु बस्ने घरमा पोखिएको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । चितवनस्थित पैतृक घरमा भएको आक्रमणको भिडिओ सार्वजनिक गर्दै गभर्नर पौडेलले यस्तो गुनासो गरेका हुन् ।

गभर्नर पौडेलका अनुसार, आक्रमणकारीहरूले ८२ वर्षीया, कान कम सुन्ने र मुटुको शल्यक्रिया गराएकी आफ्नी आमाको कोठालाई लक्षित गरी पहिलो आक्रमण गरेका थिए । भावुक हुँदै पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो मेरो गाउँको घर हो । गभर्नर भएपछि पनि हरेक हप्ता म एक छाक भए पनि बाआमासँग खाना खान पुग्ने गर्थेँ ।’ उनले आफ्ना ८७ वर्षीय बुवा ६७ वर्षअघि चितवन झरेको र उनका सबै सन्तान त्यहीँ जन्मिएको स्मरण पनि गराएका छन् ।

आफ्नो व्यक्तिगत इमान्दारीमाथि प्रश्न उठाउनेहरूलाई जवाफ दिँदै गभर्नर पौडेलले आफूले जीवनमा कसैसँग एक रुपैयाँ पनि नमागेको दाबी गरेका छन् । ‘चितवनमा सधैँ कक्षामा प्रथम हुन्थेँ । गाउँको केही सुविधा नभएको स्कुल पढेर दाइ अहिले अमेरिकामा प्राध्यापक हुनुहुन्छ । म भने नेपालमै बस्ने गरी आएपछि केयूमा प्राध्यापक भएँ,’ उनले भने । यो घर आफू विद्यार्थी छँदै १५ वर्षअघि नै बनाइएको पनि उनले प्रष्ट पारे ।

गभर्नर पौडेलले आक्रोशित हुँदै भने, ‘मेरो रिस भैंसेपाटीको घर जलाएर नपुगी मेरा वृद्ध बाआमा बसेको चितवनको घरमा पोख्ने साथीहरूको फलोस् फुलोस् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप