सुनको भाउमा ‘महा’ रेकर्ड, पुग्यो २ लाख १२ हजार

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले लगातार नयाँ कीर्तिमान कायम गरिरहेको छ । आइतबार सुनको भाउमा प्रतितोला १ हजार ६ सय रुपैयाँको उछाल आएसँगै २ लाख १२ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, अघिल्लो कारोबार दिन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज २ लाख १२ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।

सुनको मूल्यले आकाश छोएसँगै चाँदीको भाउले पनि नयाँ रेकर्ड कायम गरेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला २५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला २४९० रुपैयाँमा कारोबार भएको चाँदीले आज नयाँ इतिहास रचेको हो ।

बढ्दो अन्तर्राष्ट्रिय बजार मूल्य र भू-राजनीतिक अस्थिरताका कारण नेपालमा पनि सुनचाँदीको भाउ लगातार उकालो लागिरहेको व्यवसायीहरू बताउँछन् । यसले गर्दा लगानीकर्ता र उपभोक्ता दुवैमा प्रभाव परेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री