राष्ट्रिय बीमा कम्पनीका सीईओ रायामाझीले राजीनामा दिए

काठमाडाैँ । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बीरविक्रम रायामाझीले पदबाट राजीनामा दिएका छन् । उनले पुस २० गतेदेखि लागू हुने गरी कात्तिक २० गते नै राजीनामा दिएका हुन् ।

रायमाझीले अर्थमन्त्रालयको दबाबमा राजीनामा दिएको बताइएको छ । अर्थमन्त्रालयले उनको राजीनामा पत्र मगाएको कम्पनीले जनाएको छ ।

चार बर्षका लागि सिइओमा नियुक्त भएका रायमाझीको कार्यकाल अझै करिब ७ महिना मात्रै बाँकी थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप