एनएमबि बैंकद्वारा श्री अमर जैन विद्यालयमा स्कूल ब्याग र वाटर डिस्पेन्सर हस्तान्तरण

सर्लाही । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सर्लाहीको लालबन्दी-४ मा अवस्थित श्री अमर जैन विद्यालयमा एक विशेष कार्यक्रमका बिच विद्यार्थीहरूलाई स्कूल ब्याग र वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ।  बैंकले शिक्षाको क्षेत्रमा विकास र विद्यार्थीहरूको शैक्षिक उन्नयनलाई सहयोग पुऱ्याउने आफ्नो प्रतिबद्धताअनुरूप यो कार्यक्रम आयोजना गरेको हो ।

गुणस्तरीय शिक्षामा पहुँच पुऱ्याउन सहयोग गर्दै विद्यार्थीहरूलाई थप प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । कार्यक्रममा लालबन्दी वडा नं. ५ का वडाध्यक्ष रामप्रसाद दुलुङ्गको प्रमुख आतिथ्य रहेको थियो । उहाँले एनएमबि बैंकको यस पहलको प्रशंसा गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।

यस्तै, एनएमबि बैंकका तर्फबाट मधेश प्रदेश प्रमुख दिपेन्द्र कुमार मिश्रज्यू र लालबन्दी शाखाका प्रबन्धक अरुण आचार्यज्यूको विशेष उपस्थिति रहेको थियो । उहाँहरूले बैंकले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। बैंकले भविष्यमा पनि समाज र राष्ट्रको हितका लागि यस्तै रचनात्मक र सामाजिक रूपमा जिम्मेवार कार्यक्रमहरू सञ्चालन गर्ने वाचा गरेको छ। एनएमबि बैंकले हाल देशभरका १०२ शाखाहरू, १८४ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री