काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले अब काठमाडौंस्थित प्रतिष्ठित र्याडिसन होटलमा सेवा लिँदा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
बैंक र होटलबीच भएको विशेष समझदारीपछि ग्राहकले खाना, पेय पदार्थ र फिटनेस सेन्टर (जिम) सेवा लिँदा २० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको हो । यस्तै, होटलका अन्य विशेष सेवाहरू Airport Lounge and Restaurant, Pastry Shop र Tranquillity Spa मा भने १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ ।
यस सुविधाको लाभ लिन ग्राहकले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्नु पर्नेछ, वा मोबैंक (MoBank) मोबाइल एपमार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ ।
बैंकले उक्त सहकार्यले ग्राहकलाई सुलभ सेवा दिनुका साथै देशमा डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै नगदरहित कारोबारलाई टेवा पुर्याउने विश्वास लिएको जनाएको छ ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाका अनुसार, डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस्ता सहकार्यलाई निरन्तरता दिइनेछ ।




