काठमाडौं । कार्यालय परिसरबाट ड्युटी निस्किँदै गर्दा अचानक बेहोस भइ ढलेका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) इन्द्र भुजेलको मृत्यु भएको छ ।
जिल्ला प्रहरी प्रमुख (डिएसपी) बेदप्रसाद गौतमका अनुसार उनी ड्युटीका लागि कार्यालय हाताबाट बाहिर निस्कने क्रममा थिए ।
अचानक बेहोस भइ लडेका उनलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याएपछि निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई हृदयघात भएको हुनसक्ने अनुमान गरिएको छ । ४५ वर्षीय भुजेलको घर झापा धुलावारी हो ।
तपाईंको प्रतिकृया




