इनड्राइभको “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन, टाटा ईभीदेखि हाई–इण्ड ग्याजेटसम्म जित्ने मौका

काठमाडौं । विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभ ले दशैं र तिहारलाई लक्षित गर्दै नेपालमा “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन सुरु गरेको छ। अघिल्लो संस्करणमा पाएको उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रियापछि यस पटक अभियानलाई अझ आकर्षक बनाउन इनड्राइभले नयाँ ग्रान्ड प्राइजसहित ड्राइभर पार्टनर्सलाई सम्मान गर्ने घोषणा गरेको हो।

अभियान दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरण भाद्र ९ देखि १५ (अगस्ट २५–३१) सम्म र दोस्रो चरण भाद्र १६ देखि असोज ५ (सेप्टेम्बर १–२१) सम्म हुनेछ। यी अवधिभर प्लेटिनम स्ट्याटस कायम गर्ने चालकहरू साप्ताहिक पुरस्कारका लागि योग्य हुनेछन् भने दुवै चरणमा प्लेटिनम स्ट्याटस कायम गर्ने चालकहरू ग्रान्ड प्राइज जित्ने अवसर पाउनेछन्। चालकहरूले जित जित्ने सम्भावना आफ्नो सक्रियता, अर्थात् राइड संख्यामा निर्भर रहनेछ।

क्याम्पेन अन्तर्गतका प्रमुख पुरस्कारमा ब्रान्ड न्यू टाटा एक्सप्रेस–टी ईभी (क्याब ड्राइभर ग्रान्ड प्राइज), टीभीएस रेइडर मोटरसाइकल (बाइक राइडर ग्रान्ड प्राइज), साथै स्मार्टफोन, स्मार्टवाच र इयरबड्सजस्ता हाई–इण्ड ग्याजेटहरू साप्ताहिक पुरस्कारका रूपमा रहेका छन्।

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेशन म्यानेजर सुनिता जीमी राई ले अभियानप्रति उत्साह व्यक्त गर्दै भनिन्, “हाम्रा चालकहरू इनड्राइभ परिवारको केन्द्रमा छन्। उनीहरूको समर्पण र कडा परिश्रमलाई सम्मान गर्न हामी यो दशैं–तिहारको अवसरमा मेगा गिभअवे ल्याउन पाउँदा उत्साहित छौं। अबिश्वसनीय गिफ्ट ह्याम्पर जित्ने अवसरका लागि अहिले नै राइड सुरु गरौँ र यो चाडपर्वलाई अझ उत्सवमय बनाऔं।”

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री