सानिमा रिलायन्स कपनमा तीजको रौनक, अभिकर्ताहरूको सम्मानमा दर कार्यक्रम

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, कपन शाखाले हरितालिका तीजको अवसरमा आफ्ना अभिकर्ताहरूको सम्मानमा एक भव्य दर कार्यक्रम आयोजना गरेको छ। शनिबार सम्पन्न कार्यक्रममा अभिकर्ता तथा उनीहरूका परिवारको उत्साहजनक उपस्थितिमा तीजको शुभकामना आदानप्रदान गरियो।

कार्यक्रममा कम्पनीका प्रमुख व्यापार अधिकृत गुणराज श्रेष्ठले उपस्थित सम्पूर्ण महिला अभिकर्ता तथा उनीहरूका श्रीमानहरूको सुस्वास्थ्य र दीर्घायुको कामना गरे। अभिकर्ताहरूको कडा परिश्रम र समर्पणले नै कम्पनीले सफलताको उचाइ छोएको बताउँदै उनले व्यवसायसँगै यस्ता सांस्कृतिक जमघटले आपसी सम्बन्धलाई बलियो बनाउने विचार व्यक्त गरे।

त्यसैगरी, चाबहिलका क्षेत्रीय प्रबन्धक नरेश थापाले तीज पर्वले सबैको जीवनमा नयाँ ऊर्जा र खुसी ल्याओस् भनी शुभकामना दिए। चाबहिलकी एरिया म्यानेजर विनिता ढकालले देश तथा विदेशमा रहेका सम्पूर्ण हिन्दु नारीहरूको मनोकांक्षा पूरा होस् भन्दै हरितालिका तीजको शुभकामना व्यक्त गरिन्।

अभिकर्ताहरूको व्यावसायिक जीवनसँगै उनीहरूको सांस्कृतिक र सामाजिक पक्षलाई समेत सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको शाखाले जनाएको छ। नाचगान र दरको मीठो परिकारसँगै सम्पन्न कार्यक्रमले कम्पनी र अभिकर्ताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको सहभागीहरूले बताए। कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री