सिन्धुपाल्चोकमा जीप दुर्घटना : एक जनाको मृत्यु

सिन्धुपाल्चोक । बाह्रबिसेबाट कर्थली जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।  दुर्घटनामा परि एकजना घाइते भएका छन् ।

बा १४ छ ५६८१ नम्बरको जीप दुर्घटना हुँदा मान्दे तामाङको घटनास्थलमै ज्यान गएको हो ।  त्यस्तै कर्थलीकै राजकुमार विक घाइते भएको प्रहरी निरीक्षक यादव थापाले जानकारी दिए ।

जीप चालक भने फरार रहेका छन् ।  बाह्रबिसेबाट कर्थली जाँदै गर्दा दरुम्थली भन्ने ठाँउमा जीप दुर्घटनामा परेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप