गरिमा विकास बैंकको शाखा दाङको घोराही र कैलालीको धनगढीमा

काठमाडौं । गरिमा विकास बैंकले  दाङ जिल्लाको घोराही र कैलाली जिल्लाको धनगढीमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न गरेको छ ।

घोराही शाखा कार्यालयको उद्घाटन घोराही  उप–महानगरपालिकाका मेयर नरुलाल चौधरी र धनगढी शाखा कार्यालयको उद्घाटन धनगढी उप–महानगरपालिकाका मेयर निर्प ओडले गरे ।

गरिमा विकास बैंकको हालसम्म ६६ वटा शाखा र १५ वटा एटीएम संचालनमा छन ।  बैंकले छिट्टैनै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्ने योजना रहेको  जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

शाओमीको ‘दसैँ तिहारको उमंग, शाओमीको बबाल अफरसँग’ अफर सार्वजनिक

काठमाडौँ । शाओमीले नेपालमा आउँदै गरेको चाडपर्वलाई मध्यनजर गरेर चाडपर्वको सिजनको आनन्दलाई अझै उत्साहपूर्ण बनाउन …

प्रतिकृया दिनुहॊस